• एउटै दृष्टि, भिन्न कोण
  • Search

गंगादेवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, २३२ बढीले गराए स्वास्थ्य परीक्षण

रोल्पा २०८२ जेष्ठ ३१ गते शनिवार

गंगादेव गाउँपालिका २ जिनावाङ स्वास्थ्य चौकी चौताराडाँडामा एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। गंगादेव गाउँपालिकाको आयोजना तथा तुलसीपुर सिटी हस्पिटल प्रा.लि. दाङ को सहकार्यमा शनिवार सम्पन्न उक्त शिविरमा २३२ बढी स्थानीयले स्वास्थ्य सेवा लिएका छन्।

शिविरमा हाडजोर्नी, बालरोग, रुघाखोकी, ग्याष्ट्रिक, उच्च रक्तचाप, मधुमेह, नसा च्यापिएको, पाठेघरको समस्या, पत्थरी, हड्डी घिसिएको, दाद, पाइल्स लगायतका समस्याको स्वास्थ्य परीक्षण तथा परामर्श प्रदान गरिनुका साथै निःशुल्क भिडियो एक्स–रे, औषधि वितरण लगायतका सेवाहरू प्रदान गरिएको गंगादेव गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सक्कलदेव यादवले जानकारी दिए।

शिविरमा वरिष्ठ हाडजोर्नी तथा मस्कुलोस्केलेटल विशेषज्ञ डा. हेमराज शर्मा, वरिष्ठ बालरोग विशेषज्ञ डा. नवचन्द्र वली, जनरल फिजिसियन डा. सुमन केसी , जनरल सर्जन डा. रवि आचार्य, मेडिकल अफिस डा. दिलीप घिताल, डा. उज्ज्वल मण्डल र डा. शिव रेम्मी लगायतको टोलीले बिरामीको परीक्षण गरेका थिए।

गंगादेव गाउँपालिकाले ग्रामिण तथा विकट क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले नियमित रूपमा यस्ता शिविर आयोजना गर्दै आएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस