रोल्पाको माडी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट सार्वजनिक गर्दै सर्वसम्मत पारित समेत गरेको छ ।
कृषि, पशुपंक्षी, जडीबुटी र दिगो पुर्वाधार, समृद्ध माडीको आधार भन्ने मुल नारा रहेको माडी गाउँपालिकाले शिक्षा क्षेत्रमा सबै भन्दा बढी विनियोजन गरेको छ, साथै कृषि र पशुमा आधारित क्रियाकलापमा पनि १ करोड बढी बजेट विनियोजन भएको गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगरले जानकारी दिनुभयो ।
गाउँपालिकाका आर्थिक विकास समिति संयोजक खर्क बहादुर पुनले गाउँ सभाको १७ औं अधिवेशनमा ४२ करोड, ४२ लाख, ९४ हजार रुपैयाँ बरावरको बजेट प्रस्तुत गर्नुभएको हो । शिक्षा र कृषि क्षेत्रलाई प्राथमिकता दिएको बजेटमा स्थानीय पुर्वाधार विकासलाइ पनि प्राथमिकता दिएको छ ।
गाउँसभाको १७ औं अधिवेशनको दोस्रो बैठकमा समिति संयोजक पुनले माडी गाउँपालिकाको आर्थिक ऐन २०८२ आर्थिक बर्ष २०८२/८३ को वार्षिक बजेट तथा कार्यक्रम, माडी गाउँपालिकाको बिनियोजन ऐन २०८२ र माडी गाउँपालिकाको न्यायीक समिति प्रतिवेदन समेत पेश गर्दै पारित समेत भएको छ ।
गत असार ४ गते गाउँसभाको अधिबेशनमा गाउँपालिका अध्यक्ष अमर सिंह घर्तिमगरले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पारित पनि भैसकेको छ । बजेट पारित भएसंगै गाउँपालिकाको बजेट अधिवेशन अत्य भएको छ ।

