• एउटै दृष्टि, भिन्न कोण
  • Search

माओवादीबाट निर्वाचित वडाअध्यक्ष जिल्लाकै उत्कृष्ट कृषककोरुपमा सम्मानित

दाङ २०८२ असार १९ गते बिहिवार

रोल्पाको गंगादेव गाँउपालिका वडा नं ३ का वडा अध्यक्ष लोकमान ओली उत्कृष्ट पशुपालक कृषककोरुपमा सम्मानित भएका छन । भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाले बिहीबार लिबाङमा आयोजित कार्यक्रममा सर्वोत्कृष्ट कृषक लोकमान ओली सहित ४ जना पशुपालक कृषकलाई नगद पुरस्कारसहित सम्मान गरेको हो ।

सर्वोत्कृष्ट कृषक तथा गंगादेवा गाँउपालिका वडा नं ३ जिनाबाङका वडाअध्यक्ष लोकमान ओलीले माउ र पाठापाठी गरेर ३ सय ५० बाख्रा पालेका छन् । उनी जिल्लामा व्यावसायिक रूपमा बढी बाख्रा पाल्ने एक्ला कृषक हुन् ।

२०७९ मा सम्पन्न स्थानिय निर्वाचनमा ओलीले नेकपा माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षमा विजय प्राप्त गरेका थिए भने २०७४ स्थानिय निर्वाचनवाट गंगादेवमा सर्बोकृष्ट मत प्राप्तगरि जिल्ला समन्वय समिति सदस्यमा निर्वाचित भएका थिए ।

उनि सगै सम्मानित हुनेमा नुवागाउँका घर्तीमगरले जिल्लामै ठूलो बंगुरपालन संचालन गरेका छन् । उनीसँग करिब ५० माउ बंगुर छन् । मिझिङकी लतादेवीले दुर्गममा पनि व्यावसायिक भैंसीपालन गरेकी छन्  र गाईपालक रोल्पा नगरपालिका-६ कोटगाउँकी अनकुमारी घर्ती मगर छन ।

जिल्लाभरका पशुपालक कृषकमध्ये छानिएका उत्कृष्ट ब्यवसाहिक कृषकलाई सम्मानित गरिएको पशु सेवा विज्ञ केन्द्र प्रमुख डा शंकर न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस