• एउटै दृष्टि, भिन्न कोण
  • Search

सेयर धितो कर्जाको सीमा बढ्यो, सेयर बजारमा सकारात्मक संकेत

दाङ २०८२ असार २७ गते शुक्रवार

नेपाल राष्ट्र बैंकले व्यक्तिलाई बैंक तथा वित्तीय संस्थाले दिने सेयर धितो कर्जामा सीमा बढाएको छ ।

गभर्नर विश्वनाथ पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै व्यक्तिलाई दिइँदै आएको अधिकतम कर्जाको सीमा बढाइएको घोषणा गरे ।

यसअघि व्यक्तिलाई दिइँदै आएको सेयर धितो कर्जा सीमा १५ करोड रहेकोमा त्यसलाई बढाएर २५ करोड पुर्‍याइएको छ ।

धितो राखिने सेयरको पछिल्लो १८० दिनको औसत मूल्य वा पछिल्लो बजार मूल्यमध्ये जुन थोरै हुन्छ, त्यहीं रकमको ७० प्रतिशत बैंकहरूले सेयर धितोमा कर्जा दिँदै आएका छन् । यस्तो कर्जा जेठ मसान्तसम्म १ खर्ब २८ अर्ब प्रवाह भएको छ ।

गभर्नर पौडेलका अनुसार, पछिल्लो समय सेयर बजारमा लगानीकर्ताको सहभागिता बढ्दो क्रममा रहेकाले उनीहरूको वित्तीय पहुँच विस्तार गर्नु आवश्यक थियो। साथसाथै, देशको समग्र अर्थतन्त्रमा पूँजी बजारले खेल्न सक्ने भूमिकालाई थप मजबुत बनाउने नीति अनुरूप यो निर्णय गरिएको हो।

“लगानीकर्ताको क्षमता अभिवृद्धि गर्न, तरलता प्रवाह बढाउन र पूँजी बजारलाई सहयोग पु-याउन सेयर धितो कर्जा सीमा बढाइएको हो,” गभर्नर पौडेलले मौद्रिक नीति सार्वजनिक कार्यक्रममा भने।

प्रतिक्रिया दिनुहोस