नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेम संघ क्रान्तिकारी माडी गाउँपालिका वडा नम्बर ३ तालाबाङको भेला तथा सम्मेलन आज बिहिवार तालाबाङमा सम्पन्न भएको छ ।
भेलाले कमला बुढामगरको अध्यक्षतामा २१ सदस्यीय वडा समिति गठन गरेको छ । सम्मेलन नेकपा ‘माओवादी केन्द्र’ लुम्बिनी प्रदेश सदस्य तथा गाउँपालिका इन्चार्ज नन्द बहादुर पुनको प्रमुख आतिथ्यता तथा पार्टी प्रदेश सदस्य एवम् माडी गाउँपालिका स्थानीय सरकार प्रमुख अमरसिंह घर्तिमगरको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो । सम्मेलनमा नेकपा माओवादी केन्द्र माडी गाउँपालिका पार्टी अध्यक्ष भरत बहादुर बुढा मगर, जिल्ला सदस्य तथा स्थानीय सरकार उप प्रमुख जयपुरी घर्तिमगर, पालिका सचिव वीर बहादुर घर्ती, वडा इन्चार्ज दल बहादुर बुढामगर, पार्टीका वडा अध्यक्ष दल बहादुर बुढामगर, अनेम संघ क्रान्तिकारी माडी गाउँपालिका कार्यवाहक अध्यक्ष बालिका सुनारलगाएको विशेष उपस्थिति रहेको थियो । अनेम संघ क्रान्तिकारीले माडी गाउँपालिकाको प्रत्येक वडामा भेला तथा सम्मेलन गर्ने क्रममा आज ३ नम्बर वडामा सम्पन्न भएको आयोजकले जानकारी दिएको छ ।




