• एउटै दृष्टि, भिन्न कोण
  • Search

सडक बिग्रिँदा आक्रोशित गंगादेव ३ का जनताले बाटोमै रोपे मकै

रोल्पा २०८२ साउन ३० गते शुक्रवार

गंगादेव गाउँपालिका वडा नम्बर ३ मा सडकको अवस्था दयनीय भएपछि स्थानीय युवाहरूले आक्रोश स्वरूप सडकमै मकै रोपेका छन्। लामो समयदेखि सडक मर्मत नहुँदा यातायातमा समस्या मात्र होइन, पैदल हिँड्न पनि मुस्किल भएको भन्दै उनीहरूले यसरी विरोध जनाएका हुन्।

“सडक हेर्ने जिम्मेवार निकाय बेखबर छ। हामीले समस्या देखाउनका लागि सडकमा मकै रोपेका हौँ,” एक आक्रोशित युवकले भने। उनीहरूको भनाइमा, तत्काल ध्यान नदिइयो भने सडकका विभिन्न स्थानमा अझै मकै रोप्ने चेतावनी दिएका छन्।

स्थानीयवासीहरूले बारम्बार ध्यानाकर्षण गराए पनि गाउँपालिका बेवास्ता गरिरहेको भन्दै गुनासो व्यक्त गरे। “के हाम्रो गाउँपालिकाले बाटोमा मकै रोपिएको हेर्न चाहेको हो? यही प्रश्न उठिरहेको छ,” अर्का एक युवाले भने।

गंगादेव गाउँपालिका कृषिजन्य उत्पादनमा धनी मानिन्छ। यहाँ आलु, स्याउ र तरकारीको उत्पादन रोल्पा जिल्लाकै प्रमुख मानिन्छ। तर उत्पादित वस्तु बजारसम्म पुर्‍याउन सहज यातायात नभएकाले किसानहरू पनि मारमा परेका छन्।

स्थानिय सरकारले कृषि उपजमा कर संकलन गर्दै आएको भएपनि कृषि उपज बजार पठाउने स्थानिय बाटो निकासीकोलागि कुनै पहल गर्ने गरेको छैन ।

प्रतिक्रिया दिनुहोस