• एउटै दृष्टि, भिन्न कोण
  • Search

वन डढेलो नियन्त्रण तथा व्यवस्थापन योजना कार्यान्वयन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

रोल्पा २०८० जेष्ठ ४ गते बिहिवार

बन डढेलो नियन्त्रण तथा व्यवस्थापन योजना कार्यान्वयन सम्बन्धि अन्तरक्रिया कार्यक्रम माडी २ घर्तिगाउँमा सम्पन्न भएको छ ।

डिभिजन वन कार्यालय रोल्पा, माडी सव डिभिजन घर्तिगाउँको आयोजनामा भएको कार्यक्रममा माडी २ का सामुदायिक बन उपभोक्ता समितिका पदाधिकारीहरु, इलाका प्रहरी कार्यालय घर्तिगाउँका प्रहरी, माडी २ का जनप्रतिनिधिलगाएत वडा नम्बर २ का सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बन डढेलो नियन्त्रण कसरी गर्न सकिन्छ र बनमा डढेलो लागि हाले कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सहायक बन अधिकृत ओली महम्मत राइनले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा सहभागी सरोकारवाला व्यक्तिले वन डढेलो नियन्त्रणमा हरदम प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्दै सामुदायिक वन उपभोक्ता समितिले जनचेतनामुलक कार्यक्रम गर्ने र अग्निरेखा निर्माण गर्ने बताएका थिए ।

कार्यक्रममा बोल्दै माडी २ का वडा अध्यक्ष ललित घर्तिमगरले समुदायमा वन डढेलो नियन्त्रणको लागि जनचेतनाको निकै खाचो रहेको भन्दै त्यसतर्फ लाग्न आग्रह गर्नुभएको थियो ।

माडी गाउँपालिका वडा नम्बर २ को सभाहलमा भएको कार्यक्रम २ दिन सम्म चलेको थियो ।

प्रतिक्रिया दिनुहोस