• एउटै दृष्टि, भिन्न कोण
  • Search

सनराईज समाबेशी युवा क्लबको प्रतियोगितात्मक खेलकुद कार्यक्रम उद्घाटन

रोल्पा २०८० कार्तिक ३ गते शुक्रवार

सनराईज समाबेशी युवा क्लब आयोजनामा विविध प्रतियोगितात्मक खेलकुद कार्यक्रमको उद्घाटन भएक‍ो छ। गंगादेव गाउँपालिका वडा नं ६ ताप्लामा एक औपचारिक कार्यक्रमको आयोजना गरि सनराईज समाबेसी युवा क्लब प्रतियोगितात्मक खेलकुद कार्यक्रमको उदघाटन गरिएको हो।

लुम्बिनी प्रदेश सभाका पूर्व अध्यक्ष तथा हाल रुकुम पूर्व बाट निर्वाचित प्रतिनिधिसभा सदस्य पुर्ण घर्तीको प्रमुख आथित्यता, रोल्पा जिल्ला समन्वय समिती प्रमुख सीता आचार्यको बिशिस्ट आथित्यता रहेको कार्यक्रममा माडी गाउँपालिकाका पुर्ब अध्यक्ष नन्द बहादुर पुन, गंगादेव गाउँपालिका पुर्ब अध्यक्ष वीर बहादुर खत्री लगायतको सहभागिता रहेको थियो ।


जीवनज्योती माध्यमिक बिधालय देउलटाकुरा रोल्पाका शिक्षक तथा क्लबका सल्लाहकार नबराज खडकाको संचालनमा संचालित कार्यक्रममा गंगादेव गाउँपालिका वडा नं ६ का कार्यबाहक वडा अध्यक्ष बिमल खड्का ,वडा न ७ का कार्यबहाक अध्यक्ष धनराज डागी, वडा न ६  र ७ का वडा सदस्यहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधि, शिक्षक,आमा समुह ,युबा क्लब,पत्रकार, सुरुक्षाकर्मी लगायत स्थानिय समुदायको उपस्थिति रहेको थियो ।


उद्घाटन कार्यक्रममा विभिन्न आमा समुहको नृत्य, झाकी प्रदर्शन, हिमशिखर जनजागरण युवा क्लबको प्रस्तुति देखाइएकोे थियो। युवा क्लबका अध्यक्ष रमेशकुमार बिकको अध्यक्षतामा उदघाटन भएको कार्यक्रममा विभिन्न प्रतियोगितात्मक कार्यक्रम रहेको र कार्यक्रम आउदो कार्तिक ३- ६ गते सम्म चल्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस