सनराईज समाबेशी युवा क्लबको आयोजनामा विविध प्रतियोगितात्मक खेलकुद कार्यक्रम सम्पन्न भएको छ। सनराईज समाबेसी युवा क्लब आयोजनामा गंगादेव गाउँपालिका वडा नं ६ ताप्लामा आयोजित खेलकुद प्रतियोगितामा विजय हुनेहरुलाई पुरस्कार/ प्रमाण-पत्र वितरण गरिएको छ।

खेलकुद प्रतियोगितामा पुरुष भलिबल तर्फ प्रथम श्री नेपाल राष्ट्रिय माध्यमिक बिधालय माडी ४आरुवा, दोस्रो एकता युबा क्लब गङ्गादेब ७ ओखरबोट र तेस्रो श्री सिदार्थ माबी घोप्टेओडार गङ्गादेब ३ भएका थिए । त्यसैगरि महिला भलिबल तर्फ प्रथम कमल फार्मेसी गङ्गादेब ६ ताप्ला, दोस्रो श्री नेपाल राष्ट्रिय माध्यमिक बिधालय माडी ४आरुवा, तेस्रो श्री पृथ्वीनारायण माध्यमिक बिधालय गङ्गादेब ७ स्थान हासिल गरेका थिए ।
घैटाफोर तर्फ प्रथम प्रेम प्रकाश पुन गङ्गादेब ५ फुलबास, भाले छोपाइ तर्फ प्रथम गौरिलाल ओलि गङ्गादेब ७ धप्री, रस्साकसी पुरुष तर्फ प्रथम हिमशिखर जनजागरण युवा क्लब गङ्गादेब ७ तिमिले, दोस्रो फुलबारी युबा क्लब गङ्गादेब ५ फुलबास, तेस्रो गोर्जेले समूह, खुल्ला नृत्य तर्फ प्रथम हस्तकला पुन गङ्गादेब ७, दोस्रो सिखा रसाइली गङ्गादेब ७, तेस्रो सरिता के सी गङ्गादेब ७ स्थान हासिल गरेका थिए ।

युवा क्लबका अध्यक्ष रमेशकुमार बिकको अध्यक्षतामा संचालित कार्यक्रममा विभिन्न प्रतियोगितात्म कार्यक्रम कार्तिक ३- ६ गते सम्म चलेको आयोजकले जनाएको छ ।

