रोल्पाको माडी गाउँपालिकाले वार्षिक सार्वजनिक सुनुवाइ आज (बुधबार) गर्ने भएको छ ।
आर्थिक वर्ष २०८१/८२ मा भएका विकास निर्माण, सेवा प्रवाह र अन्य समग्र विषयमा सार्वजनिक सुनुवाइ गरिने गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगरले जानकारी दिनुभयो । गाउँपालिकाका सरोकारवालालाई सार्वजनिक सूचना मार्फत जानकारी दिइसकेको पालिकाले जनाएको छ । वडा नम्बर ६ को वडा कार्यालयमा सम्पन्न हुने उक्त सार्वजनिक सुनुवाइमा उपस्थितिको लागि सम्पुर्ण राजनैतिक दल, पेशाकर्मी, उद्योगी, व्यापारी, समाजसेवीलगाएत सबै सरोकारवालालाई आग्रह गरिएको छ । कार्यक्रम बिहान ११ बजेदेखि शुरु हुने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद गौतमले जानकारी दिनुभयो ।

