काठमाडौं।जिल्ला अदालत काभ्रेपलान्चोकले बाल यौन दुराचार गर्ने युएनका पूर्व कर्मचारीलाई दोषी ठहर गरेको छ। जिल्ला अदालतले ६० वर्षीय क्यानडियन नागरिक पिटर जोन डालगिल्सलाई सोमबार दोषी ठहर गरेको हो।
जिल्ला न्यायाधीश अर्जुन अधिकारीको इजलासले युएनका पूर्व कर्मचारीसमेत रहेका डालगिल्सलाई बाल यौन दुराचारमा कसुरदार ठहर गरेको हो।
प्रहरीले उनलाई २०७४ चैत २५ गते बाल यौन दुराचार गरेको अभियोगमा पक्राउ गरेको थियो।
विपन्न परिवारका बालबालिकालाई पढाइदिने भन्दै आश्वासन देखाएर जम्मा पार्ने र उनीहरूमाथि यौन शोषण गर्ने गरेको आरोप उनीमाथि लागेको थियो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले डालगिल्सलाई काभ्रेको मण्डन देउपुर नगरपालिकास्थित चिलकाजी महर्जनको घरबाट पक्राउ गरेको थियो।

