• एउटै दृष्टि, भिन्न कोण
  • Search

कम्युनिस्ट सरकारले फेरि, देशमा अागाै सल्काउने काम नगराेस्

२०७५ चैत्र ५ गते मङ्गलवार
  • नबिन रावल

हामी चाहान्छाैँ, देशमा युद्ध नहाेस्। अनावश्यक राजनीतिका नाममा, जनतामा अशान्ति नफैलियाेस्।

अबकाे पुस्ताले हिंसा चाहादैन, हामीले हिंसात्मक ती काला लिन बिर्सिसकेका छाै। हाम्राे नेपाल र हामी नेपाली: कुनै पनि बहानामा जुध्ने छैनाै। यदि, नेपालमा युद्ध भयो भने नेपाल संसारकै गरिब र निकै पछाडी पर्ने छाै।

नेता के चाहान्छन्: जनताले राम्रोसँग बुझ्ने सामर्थ्य राख्छन्। अहिलेकाे युग बैचारिक, बैज्ञानिक, प्राबिधिक र अाधुनिक समय हाे। हामीले समय समयमा क्रान्तिका नाममा देशकाे समृद्धिका बिरुद्धमै खडा भएका छाै। अब हामीले यस्ता वाईयात तर्क सुन्दैनाै र सुन्नुपनि हुदैन।

सत्ता सधैंका लागि हाेईन र हुदैन पनि। याे क्षणिक हाे। सत्तामा रहदा जनताको पक्षमा राम्रो नगरेपछि अर्को पटक जनताले पक्का मुल्यांकन गर्दछन्।

अब: देशमा कम्युनिस्ट पार्टीको दुईतिहाई जनमत मात्रै हाेईन, दम्भ सहितकाे सरकार छ। दुईतिहाईले जनताकाे अाबश्यकता भन्दा पनि दम्भ र राजनीतिक शक्तिलाई प्रतिबन्ध लगाउने काममा तल्लिन छ। हामी याे सरकारबाट यस्तो हर्कत चाहाँदैनाै। हामी त नेपाली नेपाली, नेता नेता र जनता जनता मिलेर बसेकाे देख्न चाहान्छाै। जनताको मतकाे कदर गर्दै सरकारले राम्रो काम गराेस्। देशलाई फेरिपनि युद्धमा हाेम्याउने हर्कत नहाेस्।

रावल कांग्रेस निकट हुन्। याे उनकाे निजी बिचार हाे।

प्रतिक्रिया दिनुहोस