- लाल सहयात्री
जातिवादको कुरा तब आउँछ जब ति वादहरूले नै जातिवाद देखाउँछ। मैले उठाएका दुई घटनालाई नियालेर हेरौँ ।
पहिलो:
आजभन्दा ठिक ४ वर्ष पहिला चितवनको एक युवा जीवन थापामगरले फिलिपिन्स केटी बिहे गरेर दुई जना छोराहरू प्रमाणित हुँदा पनि उसलाई नेपाली नागरिकता नदिएर चितवनको केही डलरे संघ-संस्थाहरूले जीवन थापामगर र जोयालाई छुट्याएर जोयालाई देश निकाला गरियो। तर पछि नेपाल मगर संघ लगाएत बिभिन्न पहिचानवादी संघ संस्थाहरु र समाजसेवी अाङकाजी शेर्पाको अथक प्रयास पछि फेरी जोया र जीवन थापामगरको मिलन गराउन सफल भयो।
दाेस्राे:
तर उस्तै घटना गत महिना मात्र बाग्लुङका एक आचार्य थरको बाहुनले एक पाकिस्तानी केटी संग बिहे गरे। बिहे गरेको एक/दुई हप्तामा नै ती दम्पतीलाई नेपाली नागरिकता थमाईयाे। पाकिस्तानी केटी, आचार्यले बिहे गर्यो अब पाकिस्तानी केटीलाई नागरिकता दिनुहुन्न भन्न खोजेको फिटिक्कै हैन यहाँ, मात्र भन्न खोजेको के, हो की उस्ता-उस्तै काममा किन बिभेद गरियो? अनि यहीँ हो सरकारले अपनाएकाे समानता? कि आचार्यले नागरिकताको अधिकार बढी र थापामगरको कम थियो?
अन्त्यमा: जो-जसले जति खोके पनि नेपालको प्रशासनिक क्षेत्रमा यस्तो बिभेद अनि समस्याहरु अहिलेसम्म पनि जस्ताको-तस्तै छन्। अनी यसलाई कुन वाद भन्ने महोदय?
सहयात्रीकाे निजी बिचार हाे।


