नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समुहकि नेत्री रामकुमारी झाँक्रीले अन्तिम लडाई भएको बताएकी छन ।
पक्राउ परे लगत्तै उनले आफ्नो फेसबुकमा लेखेकी छन,
“राज्य विरूद्धका कसुर अन्तर्गत संविधानको धारा ५८ अनुसारको पक्राउ पूर्जी जारी गरी गिरफ्तार गरिएको छ । म अहिले अपराध अनुसन्धान मिनभबनमा छु। सबै साथिहरूले धैर्य गर्नुहोला । यो अन्तिम लडाई हो। “
राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको थियो ।

