• एउटै दृष्टि, भिन्न कोण
  • Search

थवाङी जनताको अभिभावक बन्दै पूर्बमन्त्री र सभामुख

रोल्पा २०७८ जेष्ठ ३० गते आइतवार

नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य तथा पुर्व मन्त्री वर्षमान पुन ‘अनन्त’ र लुम्बिनि प्रदेशका पार्टी अध्यक्ष तथा पुर्व सभामुख ओनसरी घर्ति द्वारा थबाङ गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग प्रदान गर्नुभएको छ । उहाँ गाउपालिकामा पुगेर स्वास्थ्य सामाग्रि हस्तान्तरण गर्नुभएको हो ।

सामाग्री हस्तान्तरण गर्दै आफ्नो सहयोगले थबाङ निवासीहरुमा संक्रमित भएका बिरामी र संक्रमित हुन बाट जोगिन थप मद्दत पुग्ने पुर्व मन्त्री पुनले बताउनु भयो ।

साथै सहयोग कार्यक्रममा रोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक नरेश राज सुवेदी, सशस्त्र प्रहरी बल रोल्पाका प्रमुख होमनाथ भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

थबाङ भौगोलिक विकट्ताको कारण वर्षायाम सुरु भए सगै बाटो सडक अवरुद्ध हुन सक्ने भएको ले थबाङलाई थप स्वास्थ्य सामाग्रीहरु संघीय सरकार संग माग गरेर थबाङ सम्म छिटै पुर्याउन पहल गर्ने बताउनु भयो । सहयोग गर्नु हुने पुर्व मन्त्री पुन र पुर्व सभामुख घर्तीलाई गाउँपालिका अध्यक्ष वीर बहादुर घर्तीले धन्यवाद दिनु भएको छ ।

१. थबाङ गाउँपालिकालाई सहयोग गरिएको सामाग्रीहरु

  • अक्सिजन कन्सन्ट्रेटर – १ थान
  • अक्सिजन ब्याग -१० वटा
  • N-95 माक्स -१०० वटा
  • सर्जिकल माक्स -३००० वटा
  • ईन्टिजन किट -१०० वटा
  • पिपिई -२सेट
    -सेनिटाईजर -१ ग्यालेनेट

प्रतिक्रिया दिनुहोस