विवादास्पद मोडल परी तामाङलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल युट्युबमार्फत सामाजिक मर्यादामा खलल पुर्याउने सामग्री र उत्तेजक अन्तरवार्ता दिएको आरोपमा उनी पक्राउ परेकी हुन् । महानगरीय प्रहरी परिसर, टेकुले उनीसहित फूल्चोकी मिडिया ग्रुप नामक युट्युब च्यानलका सञ्चालक राजकुमार कुँवर र कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तानलाई पनि पक्राउ गरेको हो ।