गण्डकी प्रदेश सांसद दीपक मनाङे चलचित्र निर्माण व्यवसायमा लागेका छन। मनाङेको लगानीमा शिशिर राणाले निर्देशन गर्न लागेको चलचित्र ‘पोइ पर्यो कालेको काम सुृरु भैसकेको छ।
चलचित्र निर्माण टिमले पोइ पर्यो कालेको शुभ मुहूर्त गरिसकेको छ । चलचित्रमा सौगात मल्ल, सृष्टि श्रेष्ठ, पूजा शर्मा, आकाश श्रेष्ठलगायतका कलाकार मुख्य भूमिका देखिँदै छन् । चलचित्रमा सौगात र पूजा श्रीमान् श्रीमतीको भूमिकामा देखिनेछन् ।