• एउटै दृष्टि, भिन्न कोण
  • Search

अंकित र साम्राज्ञीले लगाए टिका र जमरा !

२०७६ जेष्ठ ११ गते शनिवार

काठमाण्डौं । आउँदो दशैंमा प्रदर्शनमा आउने फिल्म रातो टिका निधारमाको औपचारिक रुपमा छायांकन सुरु भएको छ । शिर्ष गीतबाट फिल्मको छायांकन आरम्भ भएको हो । झापाको अर्जुनधारा जलेश्वर धाममा भब्य सेट खडा गरेर फिल्मको गीतको छायांकन भइरहेको निर्देशक अशोक शर्माले जानकारी दिएका छन् । अभिनेत्री साम्राज्ञी आरएल शाह र नव अभिनेता अंकित शर्मामाथि गीत फिल्मांकन गरिनेछ । निर्देशक शर्मा निर्देशित दशक अगाडिको सुपरहिट फिल्म अल्लारेमा समावेश रातो टिका निधारमा बोलका गीतमा भने अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धरले ठुम्का लगाएका थिए ।

यो गीतलाई रिमेक गरेर फिल्म रातो टिका निधारमामा समावेश गरिएको छ । आकर्षक सेटमा फिल्मको गीतको छायांकन भइरहेको निर्देशक शर्माले बताए । गीतमा ठूलो लगानी गरिएको पनि उनले बताए । निर्देशक तथा निर्माता शर्माले गीतको छायांकनका लागि तयार गरिएको सेट र कलाकारहरुको लुक्स पनि सार्वजनिक गरेका छन् । प्राप्त तश्बिरमा अंकित र साम्राज्ञीलाई टिपिकल नेपाली पहिरनमा देख्न सकिन्छ । भने, निधारमा रातो टिका र कपालमा जमरा लगाएका छन् । निर्देशक शर्माका छोरा अंकितले यही फिल्मबाट डेब्यू गर्न लागेका हुन् । यसमा अभिनेत्री साम्राज्ञीले गाउँले भूमिका निभाउँदैछिन् ।

प्रतिक्रिया दिनुहोस