• एउटै दृष्टि, भिन्न कोण
  • Search

कार्तिकको घरमा साराको ‘डे आउट’

२०७६ जेष्ठ १६ गते बिहिवार

फिल्म । पछिल्लो समय बि(टाउनमा कार्तिक आर्यन र साराअलि खानलाई लिएर विभिन्न चर्चा हुने गरेको छ । बलिउडका फ्रेस अनुहार यी दुइनै एक अर्कालाई मन पराउछन् भने यिनलाई विभन्न स्थानमा स्पोट पनि गरिएको छ । यी दुइले नै एक अर्कासँग समय बिताउने गरेको गसिप मिडियामा आउने गरेको छ । यसै बीच पछिल्लो समय इम्तियाज अलिको निर्देशनमा तयार भईरहेको लभ आजकलको सिक्वेलका यी दुइ नजिकिएका छन् ।

केहि समय शुटिङ ब्रेक भएपछी सारा ‘डे आउट’ का लागि कार्तिकको घर पुग्ने गरेकी छिन् । एक अन्तर्वातामा साराले आफ्नो ‘क्रस’ कार्तिक बताएपछी यी दुइको चर्चा सुरु भएको थियो । फ्रेस जोडीको रुपमा लिइएको यी दुइलाई बलिउडको सम्भावना बोकेको कलाकारको रुपमा पनि हेर्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस