• एउटै दृष्टि, भिन्न कोण
  • Search

‘मारुनी’का केही दृश्यमा मलाई डर लागेको थियो ःसाम्राज्ञी

२०७६ जेष्ठ २८ गते मङ्गलवार

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्र ‘मारुनी’का केही दृश्य गर्दा आफूलाई डर लागेको बताएकी छिन् । चलचित्रमा समावेश ‘जाम्न माया जाम’ बोलको गीत रिलिज कार्यक्रममा उनले भनिन्–‘मैले यस्तो खालको डान्स यसअगाडि गरेको थिइनँ । रोमान्टिक गीत मात्र गरेकाले पनि यसमा डान्स गर्दा लाज लागेको थियो ।’साम्राज्ञीले अगाडि भनिन्–‘चलचित्रका कतिपय दृश्य गर्दा मलाई डर पनि लागेको थियो । तर, निर्मात्री पूनम गौतमले राम्रो छ भन्दा काम गर्न हौसला मिल्थ्यो ।’ साम्राज्ञीले नायक पुष्प खड्काको पनि प्रशंसा गरिन् । उनले, आफूसँग काम गर्ने अर्को कलाकारको अभिनय पनि उत्कृष्ट हुँदा रमाइलो हुने भन्दै पुष्पमा त्यो क्षमता भएको सुनाइन् ।

प्रतिक्रिया दिनुहोस