• एउटै दृष्टि, भिन्न कोण
  • Search

झरीमा यस्तो देखिए दयाहाङ !

२०७६ असार ३ गते मङ्गलवार

अभिनेता दयाहाङ राइको मुख्य भूमिका रहेको चलचित्र आप्पाको ‘साउने झरी’ सार्वजनिक भएको छ । निर्माण टिमले आइतबार चलचित्रको गीत सार्वजनिक गरेकाे हाे ।

गीतमा दयाहाङ र बाल कलाकार रोनीत सरकार फिचर्ड छन् । उमेश उपमाको शब्द रहेको गीतमा विज्ञ बराइलीको आवाज छ । गीतलाई निर्देशक अनमोल गुरुङ र सौकातको संगीत छ । असार १३ बाट प्रदर्शनमा चलचित्र आप्पाले बाबु छोराको कथा बाेल्छ ।

माउन्टेन स्टोरिज र सिनेमा आर्टको व्यानरमा निर्मित सिनेमामा तुलसी घिमिरे, अरुणा कार्की, अल्लोना कबो लेप्चा, सम्राट विश्वास र रिंकीको अभिनय छ ।

रुदेन सदा लेप्चाले निर्माण गरेको चलचित्रमा अनमोल गुरुङको संगीत, निमेष श्रेष्ठको सम्पादन, शैलेन्द्र डि कार्कीको छायाँकन र योजना प्रधानको कोरियोग्राफी छ ।

https://www.youtube.com/watch?v=AeqRgUxtMmI

प्रतिक्रिया दिनुहोस