• एउटै दृष्टि, भिन्न कोण
  • Search

निर्देशक रमेश बिजुली सुटिङमा ब्यस्त !

२०७६ साउन ३१ गते शुक्रवार

मुम्बई । चर्चित निर्देशक रमेश बिजुली बिसी यतिबेला निकै ब्यस्त छन् । उनी म्यूजिक भिडियो सुटिङमा मुम्बईदेखि देशका बिभिन्न स्थानहरुमा उनको दौडधुप चलिरहेको छ । राम्रो दख्खल भएका रमेशले निर्देशन गरेका भिडियोहरुको चौर्तफी तारिफ समेत गरिन्छ । उनले निर्देशन गरेका सबै म्यूजिक भिडियोहरुले बजारमा राम्रो स्थान पाएका छन् । मुम्बईमा आरएस् फिल्मस् प्रालि खोलेर बसेका निर्देशक बिसीले भारतमै बसेर देउडा गीत मात्रै १५० भन्दा बढि म्यूजिक भिडीयोहरु बजारमा ल्याएको बताएका छन् ।

रमेश मुम्बईमा मात्रै होइन, नेपाल पुग्दा समेत सुटिङमै ब्यस्त रहन्छन । मुम्बईमा उनलाई शोनु बिकले साथ दिएका छन । शोनु र रमेश मिलेर फिल्मस् खोलेर हुन् । रमेशले प्रालि चलाउनु पुर्ब नेपालमै डान्स कक्षा सञ्चालन गरेका थिए । धेरै म्यूजिक भिडियोहरु उनीहरुले निर्देशन गरेका पुराना भिडियोहरु समेत हिट भएका छन । रमेशले शोनु बिकको छायांकन र सम्पादनमा गरेका भिडियोहरु धेरै नै बजारमा आउन बाँकि छन् ।

प्रतिक्रिया दिनुहोस