• एउटै दृष्टि, भिन्न कोण
  • Search

इन्डोनेसियामा रोहित बने ‘म्यान अफ द म्याच’ !

२०७६ भाद्र ३ गते मङ्गलवार

इन्डोनेसियन लिग वानमा पर्सिजा जाकार्ताको जितमा नेपाली फुटबर रोहित चन्द ‘म्यान अफ द म्याच’ घोषित भएका छन् ।

इन्डोनेसियन लिग वान फुटबलमा मंगलबार भएको खेलमा पर्सिजा जाकार्ताले कल्टेङ पुट्रालाई ३–० गोलअन्तरले पराजित गर्दा रोहित ‘म्यान अफ द म्याच’ बन्न सफल भए । पूरै समय मैदानमा विताएका रोहितले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

पहिलो हाफमा १–० गोलको अग्रता बनाएको जाकार्ताले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । खेलको ४९ औं मिनेटमा सिमिक र ९० औं मिनेटमा सुतेले गोल गर्दै जाकार्तालाई कल्टेङ पुट्रामाथि ३–० गोलको जित दिलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस