• एउटै दृष्टि, भिन्न कोण
  • Search

प्रथम सिद्धार्थ कप २०८२ प्रतियोगीता सम्पन्न

रोल्पा २०८२ कार्तिक ११ गते मङ्गलवार

रोल्पाको गंगादेव गाउँपालिकामा संचालन भएको प्रथम सिद्धार्थ कप् २०८२ सम्पन्न भएको छ ! सिद्धार्थ नमुना माध्यामिक विद्यालयको आयोजनामा भएको कार्यक्रम ४वटा विधामा प्रतिस्प्रधा पछि मेडल र पुरस्कार वितरण सगै सम्पन्न भएको हो ।

कार्तिक ७ देखी १० गते सम्म सम्पन्न आयोजित प्रथम सिद्धार्थ कप २०८२ मा खुल्ला वडास्तरीय भलिवल, खुल्ला वडा स्तरीय महिला भलिवल, खुल्ला पुरुष ब्याडमिन्टन, खुल्ला घैंटोफोर खेलकुदहरु समाबेश गरिएको थियो ।

सोह्र वटा समुह सहभागि खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगितामा प्रथम – छत्रेश्वरी १ सल्यान, द्वितीय – आयोजक M, तृतीय – गंगादेव ५ रोल्पा, चौथो – SVC सल्यान भएका थिए ।

६ वटा समुह सहभागी भएको खुल्ला वडास्तरीय महिला भलिबल प्रतियोगीतामा प्रथम – आयोजक A, द्वितीय – गंगादेव २ रोल्पा, तृतीय – छत्रेश्वरी सल्यान, चौथो – गंगादेव ५ रोल्पाले उपाधी हात पारेका थिए ।

२० वटा समुहले प्रतिस्प्रधा गरेको खुल्ला पुरुष ब्याडमिन्टन प्रतियोगितामा प्रथम – मोहन डाँगी/गोबिन्द पुन, द्वितीय – सन्तोष वली / बिमल चन्द, सान्त्वना – गणेश डाँगी / लोकेन्द्र डाँगी र सान्त्वना – भुपेन्द्र मल्ल / जीतेन्द्र पुन र ३४ जना सहभागी खुल्ला घैंटोफोर प्रतियोगितामा – प्रतिभा घर्ती मगर (गंगादेव ५, फुलबारी रोल्पा) ले उपाधी हात पारेको आयोजकले जनाएको छ ।

ग्रामिणक्षेत्रको खेलकुद बिकासका लागी सिद्धार्थ माविको आयोजनामा नयाँ अध्याय सुरु भएको बिद्यालय ब्यवस्थापन समित अध्यक्ष कुलबहादुर गुरुङले बताएका छन । बिद्यालयले सिद्धार्थ कप लाइ निरन्तरता दिन खेलकुद अक्षयकोषको स्थापना गरेको सार्वजनिक गरेको छ ।

अध्यक्ष गुरुङले सिद्धार्थ कपलाई संचालन गर्न अक्षयकोषमा यो बर्ष देउसीभैलो खेलेर जम्मा गरेको रकम साथै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अमृता कुमारी केसी वली (३० हजार), ३ नम्बर वडाध्यक्ष लोकमान वली (३० हजार), सिद्धार्थ माविका प्रधानाध्यापक वीर बहादुर घर्ती (२० हजार), वीर वलभद्र मावि थबाङका प्रधानाध्यापक कुल बहादुर वली (१५ हजार), शिक्षक प्रेम बहादुर वली (१० हजार), सिद्धार्थ माविका पूर्व शिक्षक तथा गंगादेव ३ रोल्पाका वडासचिव धन बहादुर डाँगी (१० हजार), छत्रेश्वरी १ सल्यानका खेलाडी तथा शिक्षक रविन चन्द (३ हजार) प्राप्त भएको र खेलकुद अक्षयकोषमा जोडिन सम्पूर्ण खेलप्रेमीहरुलाई आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस