• एउटै दृष्टि, भिन्न कोण
  • Search

तेक्वान्दो महासंघको कोषाध्यक्षमा स्वतन्त्र उम्मेदवार विक्रम निर्वाचित

रोल्पा २०८० भाद्र २२ गते शुक्रवार

नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघको कोषाध्यक्षमा रोल्पाका विक्रम बाठा मगर निर्वाचित भएका छन् । महासंघको गण्डकी प्रदेशको राजधानी पोखरा भएको सातौ महाधिवेशनबाट महासंघको कोषाध्यक्ष निर्वाचित भएका हुन ।

मंगलबार सम्पन्न भएको महाधिवेशनमा स्वतन्त्र उम्मेदवारी दिएका विक्रमले अन्य उम्मेदवारहरुलाई पछि पार्दै बिजयी भएका हुन । निर्वाचनमा खसेको १ सय २२ मतमध्ये स्वतन्त्र उम्मेदवारी दिएका बिक्रम ६६ मत प्राप्त गर्दै विजयी भएका हुन । उनका निकटम प्रतिष्पर्धी किशोरबरुण श्रेष्ठले २९ मत र कृष्णगोपाल राजथलाले १९ मत मात्रै प्राप्त गरेका थिए ।

विगत डेढ दशकदेखि आईटिएफ तेक्वान्दो खेल क्षेत्रमा सक्रिय उनी आईटिएफ तेक्वान्दो संघ रोल्पा जिल्ला अध्यक्ष, लुम्बिनी प्रदेश आईटिएफ तेक्वान्दो संघको सचिव, उपाध्यक्ष हुँदै सातौ महाधिवेशनबाट केन्द्रीय कोषाध्यक्षमा निर्वाचित भएका हुन ।
महासंघलाई आर्थिक रुपमा संक्षम र संगठित गर्दै कोषवृद्धिका लागि समेत पहल गर्ने कोषाध्यक्षमा निर्वाचित बाठामगर बताउँछन् । अखिल नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य तथा अन्तर्राष्ट्रिय रेफ्री समेत रहेको उनी रोल्पाको परिवर्तन गाउँपालिका खेलकुद विकास समितिको अध्यक्ष समेत हुन् ।

नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघका सातौं महाधिवेशनबाट केन्द्रीय अध्यक्षमा प्रविणकुमार कार्की निर्वाचित भएका छन् । त्यसैगरी बरिष्ठ उपाध्यक्षमा बासुदेव भट्ट, उपाध्यक्षमा उमेश राजथला, निरबहादुर सारु र चतुरलाल चौधरी, महासचिवमा घमबहादुर थापा, सचिवमा अञ्जना शिवाकोटी र कोषाध्यक्ष बिक्रम बाठामगर निर्वाचित भएकी छिन ।

त्यसैगरी सदस्यहरुमा फातिमा बीबी, निर्मला गुरुङ, तुलसी थापा मगर, दिलमाया गुरुङ, पुजा खुलाल मगर, आकाशचन्द्र घर्तीमगर, राजेन्द्र धिमाल, सुरज सुनार,, रबल कुँवर, चन्द्रबहादुर तामाङ, अमृत श्रेष्ठ, सुदीप आचार्य, प्रेम कामु मगर, दिपक बिक, जितन थापा, विजय पुनमगर र राजन रसाइली निर्वाचित भएका हुन । निर्वाचनमा १ सय २२ मत खसेको थियो

प्रतिक्रिया दिनुहोस