गंगादेव गाउँपालिकाको आयोजनामा सिदार्थ नमुना माध्यमिक विद्यालय गंगादेव ३ घोप्टेओडारको खेल मैदानमा संचालन भैरहेको दोस्रो राष्ट्रपति रनिङ सिल्डको आज दोस्रो दिनमा कुल ३० पदक मध्ये ८ पदकका खेल सम्पन्न भएको छ ।
जस अनुसार केटा तर्फको ३००० हजार मिटर दौड प्रतियोगितामा पृथ्वीनारायण मा.बि. जायचौर रोल्पाले – स्वर्ण पदक जितेको छ भने बुद्धि बिकास माध्यमिक विद्यायल रातामाटाले – रजत जितेको छ त्यसैगरी बिरेन्द्र माध्यमिक बिद्यायल नाउलीले – कास्य पदक हात पारेको छ।
केटी तर्फ ३००० हजार मिटर दौडमा सरस्वती मा.वि म्वालेखलाले – स्वर्ण पदक , पृथ्वीनारायण मा .बि जायचौरले – रजत पदक र सिदार्थ नमुना मा.बि घोप्टेओडारले -कास्य पद जितेको छ।
केटा तर्फको ८००मिटर दौडमा प्रतियोगितामा राष्ट्रिय मा.बि ओतले – स्वर्ण, बुद्धि बिकास माध्यमिक बिद्यालय रातामाटाले – रजत र जीवन ज्योति मा.बि देउलटाकुराले – कास्य जितेको छ।
केटी तर्फको ८०० मिटर दौड प्रतियोगितामा जिवनज्योति मा .बि देउलटाकुराले- स्वर्ण, स्वरस्वती मा.बि बल्ले – रजत र सिदार्थ नमुना मा.बि घोप्टेओडार – कास्य हात पारेको छ।
केटा तर्फको सटफुट प्रतियोगितामा बुद्धि बिकास मा. बि – स्वर्ण, सिदार्थ नमुना मा.बि – रजत राष्ट्रिय मा.बि ओत – कास्य, केटितर्फ सटपुटमा सिदार्थ नमुना मा.बि घोप्टेओडार – स्वर्ण, सिदार्थ नमुना मा.बि घोप्टेओडार – रजत र जिवनज्योती मा.बि देउलटाकुरले – कास्य जितेको छ।
केटा तर्फको ज्याबलिङ थ्रो प्रतियोगितामा गंगा मा.बि चौताराले- स्वर्ण, ने .रा मा.बि सिमखोला – रजत र जीवन ज्योति मा.बि – कास्य, केटी तर्फको ज्याबलिङ थ्रो प्रतियोगितामा गंगा मा.बि चौताराले – स्वर्ण बुद्धि बिकास मा.बि – रजत र बिरेन्द्र मा.बि नाउली-कास्य हात पारेको छ।
यसरी हेर्दा सबैभन्दा धेरै स्वर्ण पदक जित्ने बिद्यालय प्रथम धेरै रजत पदक जित्ने दोस्रो र धेरै कास्य पदक जित्ने – तेस्रो स्थान हासिल गर्ने छन। कार्यक्रममा गंगादेव गाउँपालिका भित्र रहेका १० वटा बिद्यालयहरुको सहभागिता रहेको छ । भोलि बाकी २२ पदकको खेल बिहानै देखि संचालन हुने आयोजकले जनाएको छ।