नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले विश्वकप छनोट अन्तर्गत घरेलु टिम चाइनिज ताइपेसँग प्रतिस्पर्धा गर्न टिम तयार रहेको बताएका छन् ।
कतारमा सन् २०२२ मा आयोजना हुने विश्वकपको छनोट अन्तर्गत चाइनिज ताइपेसँगको खेलअघि प्रि म्याच कन्फरेन्समा बोल्दै कप्तान किरणले घरेलु टिमको सामना गर्न टिम तयार रहेको बताए ।
हामीले यहाँ आउनुअघि नै सबै तयारी गरेका थियौं । हामीले कुवेतसँग पनि खेल्यौं । हामी ताइपेको सामना गर्न तयार छौँ,ु कप्तान किरणले भने ।
नेपालले भोलि मंगलबार ताइपेसँग खेल्नेछ । ताइपे स्टेडियममा हुने खेल नेपाली समय अनुसार ४स्५५ मा सुरु हुनेछ ।
तर, कप्तान किरणले ताइपेसँगको खेलअघि राम्रो तयारी गर्न भने नपाएको बताए ।


