नेपाल किर्गीस्तानमा जारी नादेझ्दा कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको समूह चरणको नतिम खेलमा ताजिकिस्तानलाई १-० ले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो ।
नेपाललाई जित दिलाउन सावित्रा भण्डारीले निर्णायक गोल गरिन् । उनले खेलको ८५ मिनेटमा गरेकी हुन् ।