बलिउड अभिनेता अमिताभ बच्चनले एसिड पीडितको न्यायको लागि सङ्घर्ष गरेको भन्दै नेपालका उज्ज्वल विक्रम थापालाई बधाई दिएका छन्।
सामाजिक सञ्जाल ट्विटरमार्फत सोमबार अभिनेता बच्चनले थापालाई बधाई दिएका हुन्।
‘एसिड पीडितको लागि तपाईँले गनुएभएको सङ्घर्ष र कठिन कार्यले शेरवुड कलेजमात्र नभइ तपाईँको देश नेपाललाई पनि गौरव महसुस गराएको छ,’अमिताभले ट्वीटमा लेखेका छन्।
साथै अमिताभले समाजसेवी थापालाई यस्तै राम्रो कामलाई निरन्तरता दिन सुझाव दिएका छन्।

