• एउटै दृष्टि, भिन्न कोण
  • Search

संविधान दिवसको शुभकामना

काठमाडौ २०७७ असोज ३ गते शनिवार

संविधानको ‘स’ नजानेका
मेरा गाउँका काईला बा लाई
संविधान दिवसको शुभकामना
सिहंदरबार गाउमाँ पुगिसक्दा
सिहं गाउँमा गएको
दरबार उतै हरायको महसुस गर्ने
प्रतिपक्षलाई शुभकामना ।
बलात्कारिलाई शुभकामना
असुरक्षाको महसुस गरिरहने
बलात्कृत छोरीलाई शुभकामना ।
नारा जुलुस गर्दै हिड्ने लाई
समिक्षा गर्नेलाई
मलाई यकिन छैन क कस्लाई
दिनुपर्ने हो अझै शुभकामना
युद्ध हारेका हरुलाई युद्ध
जितेका लाल झण्डा हरुलाई,
समृद्ध देशको खोजीमा हिडेका
यक हुल युवालाई ।
सान्ति शब्द देखि टाढा
एक बोतल रक्सि संग
एक बिगाहा जमिन साटेकाहरु लाई।
चिसो सिरेटोले फाटेका खुट्टा हरुलाई
जोखिमता संग जुध्दनै ठिक्क
ननिदायका आखाहरुलाई,
पग्लि रहेका हिमाल हरुलाई,
बादलका सहर हरुलाई
झन्डामा टल्किरहने घाम जुन हरुलाई,
संघीय लोकतान्त्रिक धर्म निरपेक्ष,
गणतन्त्रात्मक,समावेशी, समाजवाद उन्मुख
यी र यस्तै शब्दहरुले भरिपुर्ण
धेरै नेपालीको रगतले लेखेर
कार्यन्वयन हुन अक्मक्कीएको
यो संविधानलाई पनि शुभकामना ।
बिगत धेरै वर्ष अगाडिबाट
समानताको एउटा नयाँ विधान रच्ने,
सबै-सबै समान, सबै विशेष,
सबै मिलेर एउटा सिङ्गो देश बनाउन
समावेशी सपना साकार पार्न
खोज्ने सहिदहरुलाई
शुभकामना ।

प्रतिक्रिया दिनुहोस