• एउटै दृष्टि, भिन्न कोण
  • Search

नेपाल टेलिकमले ल्यायो बिद्यार्थिकोलागि सस्तो इन्टरनेट सेवा- हेर्नुहोस सेवा लिने तरिका

काठमाडौ २०७७ असोज ९ गते शुक्रवार

नेपाल सरकारले विद्यार्थीलाई नि:शुल्क इन्टरनेट दिने निर्णय कार्यन्वयनमा आएको छ । सरकारले नेपाल टेलिकम मार्फत यो सेवा उपलब्ध भएको जानकारी गराएको छ ।

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले सिकाइ सहजीकरणको लागि विद्यार्थी र विद्यालयलाई निशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने भएको हो । मन्त्रिस्तरीय निर्णयबाट १९ भदौमा पारित विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकामा शिक्षा मन्त्रालयले निःशुल्क इन्टरनेट सुविधा दिने उल्लेख गरेको थियो । उक्त निर्देशिका कार्यन्वयनमा आएको छ।

यो निर्णय कार्यान्वयन सगै शहरिक्षेत्रमा अनलाइन क्लास संचालनकोलागि भने केही सहज हुने देखिएको छ । तर ग्रामिण भेगमा टेलिफोन सेवाले नै राम्रो काम नगरि रहेको सन्दर्भमा भने यस सुविधा त्यति प्रभावकारी भने हुने छैन ।


विद्यार्थीले सेवा लिने तरिका:
१.-सवै भन्दा पहिला आफ्नो क्याम्पस वा स्कुलको परिचयपत्र वा प्रवेशपत्र को फोटो मोवाईलमा खिच्नुहोस वा स्क्यान गर्नुहोस ।
२.- त्यसपछि तल दिईएको लिङ्कमा क्लिक गरि KYC फर्म भर्नुहोस । फारम भर्नकोलागि यो लिङ्कको प्रयोग गर्नुहोस । https://ntc.net.np/student-kyc
३.- proceed मा क्लिक गर्नुहोस।
४. -तपाईको मोवाईलमा 1422 वाट आएको OTP verification कोड ३ वटै वक्समा Type गर्नुहोस त्यस पछि Next गर्नुहोस अब Activate भएको म्यासेज आउँछ।
५.- आवश्यक रकम रिचार्ज गर्नुहोस।
६.- *1441# डायलगरी आवश्यक volume pack लिनुहोस र Activate भएको पक्का गर्नुहोस। zoom वा ms-teams वा google meet वाट आफुले चाहेको कक्षा पढ्नुहोस।

प्रतिक्रिया दिनुहोस