• एउटै दृष्टि, भिन्न कोण
  • Search

ग्लोबल आइएमइ बैंक लिमिटेडको एटीएम सेवा घर्तिगाउँमा पनि

रोल्पा २०८० भाद्र १० गते आइतवार

ग्लोबल आइएमइ बैंक लिमिटेड लिवाङ शाखा अन्तर्गतको नयाँ एटीएम सेवा माडी २ घर्तिगाउँमा आजबाट विधिवत् रुपमा संचालनमा आएको छ ।

माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगरले आज औपचारिक उद्घाटन गर्दै डिजिटल दुनियाँमा घर्तिगाउँ बजारमा पहिलो पटक एटीएम सेवा प्रदान गरेकोमा ग्लोबल आइएमइ बैंकलाई धन्यवाद दिनुभएको थियो । देशका ७७ वटै जिल्लाको विभिन्न ग्रामीण क्षेत्रमा समेत गरेर ३५४ वटा शाखा,३६९ वटा एटीएम, ३२२ वटा शाखा रहित बैंकिङ सेवा र ६४ वटा एक्सटेन्सन तथा राजस्व संकलन केन्द्रबाट बैंकले सेवा दिइरहेको रोल्पा शाखाका प्रबन्धक दिनेश घर्तिमगरले जानकारी दिनुभयो । यो एटीएम सेवा लिवाङ शाखा अन्तर्गत रहेको घर्तिगाउँ एक्सटेन्सन काउन्टरको मातहत रहनेछ ।

पश्चिम रोल्पाको मुख्य व्यापारिक एवम् प्रशासनिक केन्द्र रहेको घर्तिगाउँ बजारमा रोल्पाको माडी,परिवर्तन,गंगादेव,थवाङ र त्रिवेणीका केही ग्राहक र सेवाग्राही यहाँ स्थित सरकारी तथा गैर सरकारी कार्यालयमा सेवा लिन आउजाउ गर्दछन । घर्तिगाउँ बजारमा नेपाल बैंक लिमिटेडको शाखा भएपनि एटीएम भने ग्लोबल आइएमइको मात्र स्थापना भएको हो । एटीएम संचालन भएपनि पश्चिम रोल्पाका जनताले सहज र सरल सेवा प्राप्त गर्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस