रोल्पाको गंगादेब उर्फ सुकिदह गाउँपालिकामा भ्रमण भत्तामा नियम संगत नभएको महालेखा परिक्षक कार्यालयले प्रतिबेदनमा उल्लेख गरेको छ । आव २०७९/८० मा भ्रमण प्रतिवेदन बिना ४४ लाख ४७ हजार भ्रमण खर्च भुक्तानी अनियमितता भएको अन्तिम प्रतिबेदनको मुख्य बुदामा औल्याएको हो ।
महालेखा परिक्षकको अन्तिम प्रतिवेदनको मुख्य बुदामा भनिएको छ ” भ्रमण खर्च नियमावली २०६४ अनुसार भ्रमण/अनुगमन प्रतिवेदन पेश गरेर मात्र भ्रमण/अनुगमण भत्ता भुक्तानी दिनुपर्ने ब्यवस्था छ। पालिकाको भ्रमण तथा अनुगमण वाफत रु ४४ लाख ४७ हजार खर्च लेखेको अनुसार प्रतिवेदन पेश गरेको छैन भने भ्रमण उपलब्धि मुल्यांकन गरिएको छैन ।
स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ७१ मा आन्तरिक आयको परिधिभित्र रही औचित्यताको आधारमा विभिद खर्च गर्नुपर्ने ब्यवस्था छ । विविध खर्च तर्फ पालिकाले २७ लाख ७४ हजार खर्च गरेको छ । खर्चको मापदण्ड निर्धारण गरि यस्तो खर्च नियन्त्रण गर्नुपर्छ । ”
प्रतिवेदनको बुदा नं ३९ मा फिल्ड भत्ताको खर्च रु ९ लाख ५२ हजार समेत नियमसंगत नदेखिएको उल्लेख गरिएको छ।
गाउँपालिकामा आव २०७९/८० को महालेखापरिक्षक कार्यालयले तयार गरेको अन्तिम लेखापरीक्षण प्रतिवेदनमा असुल गर्नुपर्ने रकम रु ५८ लाख ३३ हजार ९ सय ७१, अनियमितता भएको रकम रु ५ करोड ३८ लाख ४७ हजार ३ सय, प्रमाण पेश नगरेको रु ४६ लाख ९३ हजार ८ सय २९ उल्लेख गरिएको छ ।
गाउपालिका अध्यक्ष हरीबहादुर पुन भने सुशासन कायम गरेको जिकिर गर्दै आएका छन । सार्वजनिक स्थानमा गाउँपालिकाको विषयमा जथाभावी प्रमाण विना पत्रकारले अडियो, भिडियो, फेसबुक स्टाटस लेखेको भन्दै असन्तुष्टि ब्यक्त गर्ने गरेका छन ।
महालेखा परिक्षक प्रतिवेन हेर्न तलको लिङ्क प्रयोग गर्नुहोस
Read more: गाउँपालिकाको भ्रमण खर्च नै आधा करोड: महालेखा परिक्षकले देखायो अनियमितता Read more: गाउँपालिकाको भ्रमण खर्च नै आधा करोड: महालेखा परिक्षकले देखायो अनियमितता