रोल्पाको गंगादेव गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४३ करोड ३९ लाख ६५ हजारको प्रस्तावित बजेट सार्वजनिक गरेको छ।
गाउँपालिकाको १७औँ गाउँसभामा उपाध्यक्ष अमृता कुमारी केसीले आर्थिक वर्ष ०८१/८२ का लागि बजेट प्रस्तुत गरेकि हुन्।
गाउँपालिकाले चालू आर्थिक वर्षमा ४३ करोड १४ लाख १९ हजार बजेट प्रस्तुत गरेको थियो। अघिल्लो वर्षको तुलनामा यसपटक पालिकाले २५ लाख बढीको बजेट प्रस्तुत गरेको छ।
प्रस्तावित बजेट मध्ये चालु तर्फ २९ करोड ६८ लाख २९ हजार (करिब ६८ दशमलव ३९ प्रतिशत) र पुँजिगत तर्फ रु १३ करोड ७१ लाख ३६ हजार करिब (३१ दशमलव ६० प्रतिशत) रहेको उपाध्यक्ष केसीले जानकारी दिइन। आन्तरिक स्रोतबाट ३० लाख उठाइने अनुमान गरिएको छ। अघिल्लो वर्ष २९ लाखको आन्तरिक स्रो प्रस्ताव गरिएको थियो।
बजेटमा कृषि, शिक्षा ,स्वास्थ्य, पूर्वाधार निर्माण, सूचना प्रविधि, लैगिंक हिंसा न्यूनीकरणजस्ता कार्यक्रमलाई बजेटमा विशेष प्राथमिकता दिइएको बताइएको छ।