• एउटै दृष्टि, भिन्न कोण
  • Search

ह्याकर्स अट्याक भएको भन्दै राष्ट्रपति कार्यालयको पुरानो ट्विटर एकाउन्ट बन्द- नया संचालनमा ल्याइने

काठमाडौ २०७७ कार्तिक १२ गते बुधवार

राष्ट्रपति विद्यादेवी भण्डारीको सञ्चार कार्यालयले प्रयोगमा ल्याएको ट्विटर एकाउन्ट बन्द गरिएको छ। राष्ट्रपति कार्यालयका सूचना र जानकारी साझा गर्ने उद्देश्य राखेर चलाइएको सो एकाउन्ट (@ShitalNiwas) मा प्राविधिक समस्या देखिएका कारण बन्द गरिएको कार्यालयको भनाइ छ।

सो खाता अगष्ट २०१८ मा खोलिएको थियो। त्यसपछिका अपडेटका बारेमा जानकारी प्राप्त नभएता पनि पछिल्लो समय राष्ट्रपतिसँग जोडिएका सूचनाहरु पोस्ट गर्ने गरेका कारण सक्रिय देखिएको थियो।

ट्विटर एकाउन्टमा बारम्बार ह्याकर्स अट्याक लगाएत विभिद समस्याको कारण पुरानो एकाउन्ट बन्द गरिएको र केही दिनमै नयाँ एकाउन्ट संचालनमा ल्याइने राष्टपति कार्यालय सुचना तथा संञ्चार विज्ञ टीका ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस