दशैँ तथा तिहारको शुभकामना सहित गायक नरेश खातिको शब्द संगितमा ‘पिपलु बर’गितको म्युजिक भिडियो युट्यवुमा सार्वजनिक भएको छ । उक्त गितमा गायक तथा सङगितकार नरेश खाति र समिक्षा अधिकारीको स्वर रहेको छ ।
‘चौतारीमा सोल्टिज्यु पिपलूवर, तिमीनै हौ सोल्टिज्यु मेरो त को छ र ?’ गीतमा आफुले माया गर्नेमान्छेलाई आफ्नो प्रेम दर्शाईएको छ ।
कोरियोग्राफर तथा बिक्रम चौहानको निर्देशन रहेको गीतको म्युजिक भिडियो अर्जुन तिवारीको टिमले छायांकन गरेका हुन् भने मिलन बिकले सम्पादन गरेका हुन् । उक्त म्युजिक भिडियोमा मोडल तथा नायक पल शाह र अश्मिता पन्तको अभिनय रहेको छ ।
नरेश खातिकोको केहि समय अघि बजारमा आएको ‘माया मारेर’ गित करोड क्लवमा पुगेको छ ।
