स्थायी कमिटी बैठकबाट कार्यबिभाजन गरी पार्टीको कार्यकारी भुमिका लिएका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनः प्रधानमन्त्रीको दाबी गरेको तथ्य खुलेको छ । ‘प्रचण्ड’ले पुनः प्रधानमन्त्री चाहियो भनेपछि शनिवार प्रधानमन्त्री ओलीले पार्टी निर्णयको अबज्ञा गरी त्यही कुरा चाहिए अव आ–आफ्नो बाटो लाग्दा भयो भनेर जवाफ फर्काएको स्रोतको दाबी छ ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रचण्डले आफू फेरि प्रधानमन्त्री हुनुपर्ने भन्दै यस्तो दावी गरेका हुन् । यो तथ्य बाहिर आएसँगै आफू प्रधानमन्त्री बन्नकै लागि उहाँले बरिष्ठ नेता माधवकुमार नेपाललाई साथ लिएर कर्णालीमा आफ्ना मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई प्रयोग गरेर विवादको बिउ रोपेको स्रोतको दाबी छ । कर्णाली बिवादमा भएको सहमति बिपरित अध्यक्ष प्रचण्ड गएपछि ११ दिनपछि हिजो शनिवार ओली र प्रचण्डबीच भेटबार्ता भएको थियो ।
प्रचण्डले पार्टी काम सून्यमै राखेर सरकारकै दावी गरेपछि भदौ २६ गते सम्पन्न स्थायी कमिटी बैठकले ओलीले सरकार र प्रचण्डले पार्टी काम गर्ने निर्णय गरेको थियो । स्थायी कमिटीले कार्यबिभाजन गरेपनि प्रचण्ड भने पार्टी काम नगरेर पुनः सरकारकै नेतृत्व दावी गरेका हुन ।
सरकारलाई कामै गर्न नदिने र मन्त्रिपरिषद पुनर्गठनमा पनि नामै नदिने काम प्रचण्डले नै गरेकोले प्रधानमन्त्रीले दसैं अगाडि ३ जना मन्त्री थप गरेको समेत एक नेताले बताएका छन ।