• एउटै दृष्टि, भिन्न कोण
  • Search

दाङबाट राेल्पाका लागि छुटेकाे जिप दुर्घटना, तीन जनाकाे मृत्यु

दाङ २०७७ कार्तिक २२ गते शनिवार

शनिवार दाङको तुल्सीपुर बाट रोल्पाको गंगादेव गाउपालिका राँककाे लागि छुटेकाे लु १ ज २९११ नम्बरको डबलक्याप जिप सल्यानको छत्रेश्वरी गाउँपालिका–४ दिवांगघारीकाे भिर नजिकै दुर्घटना भएको छ । दुर्घटना हुँदा रोल्पाका चालक सहित ३ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दुर्घटनामा परि ज्यान गुमाउनेहरुमा गाडी चालक रोल्पा गंगादेव गाउँपालिका–७ निवासी ३५ वर्षीय भिम बहादुर वली, सोही ठाउँका १७ वर्षीय भिमराज बुढा र गंगादेव गाउँपालिका –५ निवासी ६५ वर्षीय गंज बहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण वलीले जानकारी दिए ।

गाडीमा सवार अन्य ५ जना भने सकुशल रहेका छन। घटनास्थलमा प्रहरी पुगी सकेको र घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस