रुन्टीगढी गाउँपालिका अन्र्तगत सिमाङ्कन तथा नक्साङ्कन कार्यदलले सम्वन्धीत वडाहरुका सरोकारवालाहरु संग शुक्रवार अन्र्तक्रिया गरेको छ। स्थानिय तह वाट नागरिक समक्ष सहज तथा छितोछरितो सेवा प्रवाह को उद्येश्य सहित अन्र्तक्रिया कार्यक्रम गरेको हो। अन्र्तक्रिया कार्यक्रममा कार्यदल का संयोजक एवं रुन्टीगढी गाउँपालिकाका प्रवक्ता जगत बहादुर घर्ती ले रुन्टीगढी गाउँपालिकाका ९ वटा वडाहरुवाट १२ वटा वडा वनाउनुपर्ने पर्ने प्रस्ताव पेश गर्नुभएको थियो।

कार्यक्रममा पेश गरिएको प्रस्तावमा भौगोलिक अवस्था र स्थानिय नागरिक को सहजता लाई ध्यानमा राख्दै विभिन्न वडाहरुका नागरिकहरु लाई प्रभाव नपर्नेगरी वडाहरुलाई काँटछाटगरी होलेरी केन्द्र,सैवाङ केन्द्र र वोरीवाङ केन्द्र वनाउने गरी थप ३ वटा वडाहरु थप्ने प्रस्ताव आएको हो। कार्यक्रममा उपस्थित हुनुभएका सम्पर्ण सम्वन्धीत जनप्रतिनिधि र सरोकारवालाहरुले यो कार्य स्वागतयोग्य भएको भन्दै विभिन्न प्रस्तावहरुमाथी सल्लाहसुझाव समेत दिनुभएको छ ।
कार्यक्रम मा वोल्दै रुन्टीगढी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बासुदेव भट्टराई ले नितिगत कुराहरु राख्दै सवैभन्दा पहिले सम्वन्धीत बस्तीहरुमा छलफल भएर पास भएको खण्डमा गाउँसभाले पासगर्नुपर्ने त्यसपछी प्रदेशमा र संघ ले पनी पासगरेको खण्डमा मा मात्रै लागुहुने जानकारी दिनुभएको छ । कार्यक्रममा बोल्दै रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले सम्वन्धीत जनताले हामीलाई काम गर्न को लागी चुनाव मा जितायर जनप्रतिनिधि को रुपमा पठाएको हँदा जनतासंग वस्तीस्तरमा गएर घनिभुत रुपमा छलफलगरी यो कार्यलाई अगाडी वढाउन को लागी सल्लाहसुझाव दिनुभएको छ ।
कार्यक्रममा उपाध्यक्ष छमायाँ पुन, कार्यदलका सदस्य पारसमणि गिरी,याम वहादुर दशौदी, नेप वहादुर थापा, प्रशासन प्रमुख ईश्वरराज पाण्डे लगायत को उपस्थिती रहेको थियो भने सहजीकरण कार्यदल को सदस्यसचिव तथा रुन्टीगढी गाउँपालिकाका पर्यटन फोकलपर्सन दिपक डाँगीले गर्नुभएको थियो।