• एउटै दृष्टि, भिन्न कोण
  • Search

नम्रता श्रेष्ठले जितिन् ‘मिस नेपाल वर्ल्ड’को उपाधि

काठमाडौ २०७७ मङ्सिर २० गते शनिवार

नम्रता श्रेष्ठ ‘मिस नेपाल वर्ल्ड २०२०’ बन्न सफल भएकी छन्। प्रतियोगिताको प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनी मिस नेपाल बन्न सफल भएकी हुन्।

उनलाई ‘मिस नेपाल वर्ल्ड २०१९’की अनुष्का श्रेष्ठले ताज पहिराएकी हुन् ।

यसैगरी मिस नेपाल सुप्रानेसनल २०२० को ताज सिमल कनौजियले पाएकी छन भने सन्ध्या शर्माले मिस नेपाल इन्टरनेसनल २०२० को ताज पहिरिहेकी छन्।

त्यस्तै,मिस नेपाल अर्थ २०२० को उपाधि सुप्रिया श्रेष्ठले पाएकी छन्। श्रेष्ठ किन्डर गार्डेन टिचर हुन्।

अन्तिम राउन्डका ६ जना प्रतिस्पर्धालाई ‘कल्पना गर्नुस् तपाईं एउटा सानो ढुंगा हो, जो पोखरीमा पर्दा सुन्दर तरंग फैलिन्छ, तपाईं नेपाली महिलाको जीवनमा परिवर्तनकारी तरंग फैलाउन चाहानुहुन्छ ? भनेर सोधिएको थियो । प्रश्नको जवाफ दिँदै मिस नेपाल सुपर नेसनलको उपाधि सिमल कनौजियाले जितिन् ।

प्रतिक्रिया दिनुहोस