प्रधानमन्त्री केपी शर्मा ओली सोमबार देउखुरी सिसहनीयाँमा रहेको नेपालकै दोस्रो लामो पुलको उद्घाटन गर्न आईपुगे । ०७३ मंसिर २२ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले शिलान्यास गरेको यो पुल निर्माणको ‘जस’ ४ बर्ष पछि ओलीले लिने अवसर जुर्यो ।
पुल उद्घाटन सकिई सकेपछि छोटो मन्तब्य दिएका प्रधानमन्त्री ओलीले कोरोनाको कहरबाट आफ्नो भनाई सुरु गरे । संगै यहि कोरोना महामारीकै बिचमा आफ्नो नेतृत्वको सरकारले बिकासलाई गती दिएको गतिलो उदाहरणको रुपमा यो पुललाई देखाई दिए ।
‘सरकार बिकास निर्माणबाट बिचलित छैन, निरन्तर अगाडी बढिरहेको छ,’ उनले भने ‘कोरोनाको महामारीले पनि सरकारलाई बिकास गर्नबाट रोक्न सकेन, यसको दृष्टान्त नेपालकै दोस्रो लामो यो पुल हो ।’
कोरोना कहरकै बिच यो पुल निर्माण भएको भनेर पुलको जस पूर्ण रुपमा आँफैले लिन खोजेका प्रधानमन्त्री ओली वास्तवमा झुठ बोलिरहेका थिए । जबकी यो पुल कोरोना कहर सुरु हुनु अगावै निर्माण सम्पन्न भैसकेको थियो ।
पुल निर्माणमा लागेको समयाबधि समेत दिनमा उल्लेख गरेका प्रधानमन्त्रीको भनाईले नै पुल निर्माण कोरोना कहरका बिच निर्माण भएको भन्ने उनकै दाबीलाई गलत साबिति गरिरहेको थियो ।
उनले २ बर्ष ९ महिना ७ दिनमा पुल निर्माण भएको भनेर मन्तब्य राखेका थिए । ‘दुई बर्ष ९ महिना ७ दिनको अवधिमा पुल निर्माण सम्पन्न भएको छ,’ ०७३ देखि निर्माण सुरु भएको पुलको दुई बर्षे अवधिलाई ०७७ सालको कोरोना कहरसंग जोड्दै उनले उनले भने ‘ कोरोनाको कहरले पनि पुल निर्माणको सरकारको कामलाई रोक्न सकेन ।’
उनकै भनाईलाई आधार मान्ने हो भने ०७३ मंसिर देखि निर्माण सुरु भएको पुल दुई बर्षको अवधिमा कसरी कोरोना महामारीका बेला सम्पन्न भयो ? भन्ने प्रश्न यहाँनेर उठ्छ ।
कोरोना महामारी सुरु हुनु अगावै निर्माण सम्पन्न भैसकेको पुललाई जोडेर आफ्नो नेतृत्वको सरकारलाई अनवरत बिकासे यात्राको महारथी बनाउन खोजेका प्रधानमन्त्री ओलीले पुल उद्घाटन पश्चात आयोजना गरिएको नेकपाको जनसभामा पनि यहि दाबी गरिरहे ।
प्रधानमन्त्री ओलीले दाबी गरेजस्तो यो पुलको निर्माण ईतिहाँस बिल्कुलै छैन । पुल निर्माण सहयोग समितिका अनुसार यो पुल कोरोना महामारी सुरु हुनुपूर्व नै निर्माण भैसकेको थियो ।
समितिका संसथापक अध्यक्ष धनिराम चौधरीका अनुसार ०७६ असोजमा पुलको रंगरोगनको काम समेत सकिईसकेको थियो । जबकी नेपालमा कोरोना महामारी ०७६ चैत देखि सुरु भएको थियो ।
‘यो पुल कोरोना महामारी सुरु हुनु पूर्व नै सकिईसकेको थियो,’ उनले भने ‘यो पुलमा पहिले देखिनै धमाधम गाडीहरु चल्न सुरु भैसकेका थिए ।’ प्रधानमन्त्रीले आफ्नो सरकारलाई बिकासमा अनवरत रहेको देखाउनका लागि पुलका बारेमा गलत धारणा राखेको उनको भनाई छ ।
‘उनले पुलमाथि आफ्नो श्रेय कायम गर्ने नियतले धेरै गलत बोले,’ चौधरीले भने ‘पुलको निर्माण ईतिहाँस र उनले बोलेको कुराबिच धेरै फरक छ ।’ यो पुल निर्माणका लागि योगदान गरेका तत्कालीन संविधानसभा सदस्य तथा कांग्रेस केन्द्रीय सदस्य योगेन्द्र चौधरी प्रधानमन्त्रीले पुलमाथि आफ्नो श्रेय कायम गर्ने नियतले जनतालाई झूठो कुरा बोलेको बताउँछन् ।
‘आफ्नो , सरकार र नेकपाको प्रभाव कायम गर्ने नियतले प्रधानमन्त्रीले पुलमाथि राजनीति गरे,’ उनले भने ‘यो पुलमाथि उनले बोलेका कुरा सतप्रतिशत झूठो हो,पुल कोरोनाको कहर भन्दा धेरै अगाडीनै निर्माण भैसकेको थियो ।’