• एउटै दृष्टि, भिन्न कोण
  • Search

ओलीको कदम विरुद्ध कांग्रेसले आन्दोलनको आधिबेहरी ल्याउदै, भ्रातृ संस्थाले एकैपटक देशभर प्रदर्शन गर्ने

काठमाडौ २०७७ माघ १८ गते आइतवार

नेपाली कांग्रेसका १३ भातृ संस्थाले भोलि माघ १९ गते सोमबार संयुक्त रूपमा देशभर ओली सरकारको कदम विरुद्ध प्रदर्शन गर्ने भएका छन् ।

कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक सिफारिसमा गरिएको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध नेपाली कांग्रेसले तेर्सो चरणको प्रदर्शन गर्न लागेको छ जसमा पहिले भातृ संस्थाहरुले प्रदर्शन गर्दै छन ।

आईतबार संयुक्त अपिल जारी गर्दै नेपाली कांग्रेसका १३ वटै भातृ संस्थाहरूले ७७ जिल्लामै एकसाथ हुने प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन् ।

‘संसद विघटनमार्फत सर्वसत्तावादउन्मुख कदम, चरम भ्रष्टाचार, कुशासन, कोभिड विरुद्धको संघर्षमा देखिएको अकर्मण्यता, जनसरोकारका विषयमा सरकारी उदासिनता यी समग्र मुद्दालाई अघि सारेर हुने भोलिको प्रदर्शनमा सहभागी बन्न देशभरका हाम्रा सबै सदस्य, समर्थक, शुभचिन्तक एवं समस्त जनसमुदायमा हामी हार्दिक आग्रह गर्दछौं,’ अपिलमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस