• एउटै दृष्टि, भिन्न कोण
  • Search

अकोरावको केन्द्रिय अध्यक्षमा दाङका गिरी निर्वाचित, केन्द्रिय सदस्यमा दाङबाट तिन जना चयन

काठमाडौ २०७७ फाल्गुन २७ गते बिहिवार

सामुदायिक रेडियोहरुको छाता संगठन सामुदायिक रेडियो प्रशारक संघ नेपाल(अकोराब)को केन्द्रिय अध्यक्षमा दाङका अर्जुन गिरी निर्वाचित हुनु भएको छ । काठमाडौमा भएको अकोराबको ७ औँ अधिबेशन तथा १५ औँ साधारण सभाबाट उहा अध्यक्षमा निर्वाचित हुनु भएको हो । नेतृत्वको विषयमा सहमती हुन नसकेपछि निर्वाचन भएको थियो । अध्यक्ष पदका लागी विहिवार भएको मतदानमा गिरीले १६१ मत प्राप्त गरी निर्वाचित हुनु भएको हो ।

जम्मा १७८ मत खसेकोमा उहाका तिन मत बदर भएको थियो भने उहाका प्रतिद्धन्द्धी कपिलदेव खनालले १४ मत प्राप्त गर्नु भएको थियो । अन्य पदाधिकारी भने सर्वसम्मत चयन भएको छ । गिरीको नेतृत्वमा २९ सदस्यिय कमिटि गरिएको छ । गिरी अकोराबको केन्द्रिय बरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो भने रेडियो तुलसीपुरका स्टेशन म्यानेजर समेत हुनुहुन्छ ।

यस्तै दाङबाटै केन्द्रिय सदस्यमा तिन जना चयन हुनु भएको छ । लुम्बिनी प्रदेश भुगोलबाट केन्द्रिय सदस्यमा रेडियो प्रकृतिका सन्चालक सदस्य तथा पुर्व म्यानेजर संगित बस्याल, खुल्ला तर्फबाट केन्द्रिय सदस्यमा रेडियो हाम्रो पहुँच सन्चालक समितिका अध्यक्ष शुक्रराज भण्डारी र रेडियो झरनाका रोशनमान श्रेष्ठ सर्वसम्मत चयन हुनु भएको छ ।

प्रतिक्रिया दिनुहोस