• एउटै दृष्टि, भिन्न कोण
  • Search

दाङमा होली खेलेर फर्किने क्रममा मोटरसाईकल दूर्घटना परि एक जनाको मृत्यु, दूई गम्भीर घाइते

दाङ २०७७ चैत्र १६ गते सोमवार

पश्चिम दाङको हंसपुरमा सोमबार बेलुकी भएको मोटरसाईकल दूर्घटनामा परि एकजनाको मृत्यु भएको छ भने थप दूई जना गम्भीर घाइते भएका छन् । बबई गाउँपालिका वडा नं. ३ हंसपुरको पिसियो चोकमा सोमबार भएको मोटरसाईकल दूर्घटनामा परि घाइते भएको मध्य बबई ५ का १९ बर्षीय गोविन्द पुनको मृत्यु भएको छ ।

उनको बेलुका ६ बजेतिर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहले जानकारी दिए । उक्त दूर्घटनामा परि बबई ५ का २७ बर्षीय धुर्व घर्ती र बबई ४ का २५ बर्षीय देबराज रजाली गम्भीर घाइते भएका छन् ।

 तस्विर – प्रेम नागबाघ

घाइते मध्य घर्तीलाई तुलसीपुरमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि बाँकेको कोहलपुर रिफर गरिएको छ । अर्का घाइते रजालीलाई पनि रिफर गरिएको भएपनि परिवार जनले हेलिकोप्टर मागेर थप उपचारका लागि काठमाडौं लैजान्छौं भनेको हुँदा तुलसीपुरमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरु तीन जना रा ४ प १४४३ नम्बरको मोटरसाईकलमा सवार थिए । मोटरसाईकल कस्ले चलाएको थियो भन्ने कुरा खुलि नसकेको प्रहरीले बताएको छ । घटनास्थल भन्दा पश्चिम होली खेल्न गएका उनीहरु घर फर्किने क्रममा बेलुकी पख पिसियो चोकमा दूर्घटना परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस