नेपाली कांग्रेसप्रदेश सरकारमा सहभागी भएको छ । कांग्रेसबाट कर्णाली सरकारमा सहभागी दुई मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका हुन।
सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बिसी र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा दिनबन्धु श्रेष्ठले पद तथा गोपनियताको सपथ लिएका छन् । उनीहरुलार्य प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले पद तथा गोपनियताको सपथ खुवाएका छन् ।
बिसी सर्खेत र श्रेष्ठ जुम्लाका हुन्। नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाही अल्पमतमा परेकोबेला एमालेकै केही सांसदले फ्लोरक्रस गरेका थिए । भने कांग्रेसले विश्वासको मत दिएको थियो ।