उदघाट्नमा आउँछ, या सकिदा सारमा आउँछ
उ अभियनता हाे, पिडित भेट्न कारमा आउँछ
थाहा छैन कता पुगेछ त्याे समृद्विकाे तिम्राे यात्रा
पेशा, राेजगार र अवसर बजारमा आउँछ
उ भन्छ, जलस्राेतमा अत्यन्तै धनी छ मेराे देश
जहाँ विद्युत छिमेकीकाे र पानी जारमा आउँछ
मन्त्री ज्यू कहाँ यस्ताे विकासकाे कुरा गरिरहेकाे
छाेड्नुस, धेरै कमिसन त ब्यापारमा आउँछ
हाम्राे खुसी पनि कति अस्थिर भएछ जिवनमा
गईहाल्छ, छिट्टै फर्कनेगरी हतारमा आउँछ