चर्चित गायक भगिरथ चलाउनेको तिज गीत ‘थोपडाले धोका दियो बरिलै’ अहिले चर्चामा रहेको छ ।
गायक चलाउने गायिका सुनिता बुढामगरको स्वर रहेको गीत युट्युवको ट्रेनिङमा समेत आउन सफल भएको छ । समाचार तयार गर्दासम्म गीत युट्युव ट्रेनिङको ३२ स्थानमा रहेको छ ।
प्रकाश भट्टको कोरियोग्राफी तथा निर्देशन रहेको गीतमा रामु पोर्थेलको शब्द, संगीत रहेको छ । भिडियोमा अहिलेकि चर्चित मोडेल करिश्मा ढकाल र गायक चलाउनेकै अभिनय देख्न सकिन्छ ।
बिष्णु शर्माले सम्पादन गरेको भिडियो साई भिजन प्रालिको ब्यानरमा निर्माण भएको हो । यस भिडियोलाई भगिरथ चलाउनेले आफ्नै युटुब च्यानल बाट सार्बजनिक गरेका हुन् ।
