• एउटै दृष्टि, भिन्न कोण
  • Search

मूख्यमन्त्री शंकर पोख्रललाइ नैतिक संकट-लाग्यो सांसद बन्धक बनाएको आरोप

रुपन्देही २०७८ साउन २१ गते बिहिवार

लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीले आफूलाई मुख्यमन्त्री शंकर पोख्रेलको सरकारी निवासमा बन्धन बनाएर राखेको खु्लासा गरेकी छन् । बिहीबार बुटवलमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री शंकर पोखरेलको निवासमा जर्बजस्ती बन्धन बनाएर निर्वाचित सांसदको मानमर्दन गरेको बताइन् ।

सत्ता जोगाउन गरिएको अराजनीतिक र अनैतिक कार्यको समेत वलीले फण्डाफोर गरेकी छिन् । आफूलाई माननीय रुपमा राजनीतिक व्यवहार नगरेर सरकारी निवासमा बन्धक बनाएर राख्दा मानसिक रुपमा निकै विक्षिप्त भएको वलीको भनाइ छ । 

उच्च निगरानीका साथ निवासमा आफूलाई बन्धक बनाई जर्बजस्ती प्रेस विज्ञप्तिमा हस्ताक्षर गर्न लगाएको र अन्य माइन्युटमा समेत हस्ताक्षर गर्न दबाब दिएकाले एमालेले अब उपरान्त सार्वजनिक गर्ने आफ्नो हस्ताक्षर झुठो रहेको स्पष्ट पारिन् ।  ‘साउन १६,१७ र १८ गते सम्म मुख्यमन्त्री निवासबाट बाहिर निस्कनै नदिई निरन्तर दबाब दिइरहे,मैले इन्कार गरिरहे । साउन १८ गते विज्ञप्ति लेखेर मलाई पढ्दै नदिई जर्बजस्ती हस्ताक्षर गराइयो । यति मात्र नभई अर्को दुई-तीन वटा माइन्युटजस्ता रजिष्टरमा पनि जर्बजस्ती हस्ताक्षर गराइयो ’, विज्ञप्तिमा उल्लेख छ ।

वलीले आफूलाई मुख्यमन्त्रीको शंकर पोख्रेलको निवासमा अपहरण शैलीमा ल्याएको आरोप लगाएकी छिन् । नेपालगञ्ज उपचारमा जाने तयारीमा रहेकी वलीलाई एमालेका प्रमुख सचेतक तथा मन्त्री भुमेश्वर ढकाल र स्थानीय नेता मानबहादुर रावतले उनकै घरमा गएर नेपालगञ्ज छोडिदिने भन्दै जर्बजस्ती गाडीमा हालेर बुटवल लिएर आएको पत्रकार सम्मेलनमा बताइन् । 

प्रतिक्रिया दिनुहोस