• एउटै दृष्टि, भिन्न कोण
  • Search

सल्यानमा जिपको ठक्करबाट घाइते २ छात्राको तुलसीपुरमा मृत्यु, थप ३ घाइतेको उपचार जारी

दाङ २०७८ असोज १५ गते शुक्रवार

जीपको ठक्करबाट घाइते सल्यानका पाँच छात्रा मध्य दूईको उपचारका क्रममा दाङको तुलसीपुरमा मृत्यु भएको छ । १८ बर्षीया रेखा बुढाथोकी र १८ बर्षीया सुनिता नेपालीको शुक्रबार दिउँसो उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको छ ।

घाइते मध्य १५ बर्षीया सुशीला नेपालीलाई दाङपछि थप उपचारका लागि बाँके रिफर गरिएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानले घटनाका अन्य थप दूई घाइते १८ बर्षीया मिना परियार, १८ बर्षीया दीपा बुढाथोकीलाई अभिभावकले उपचारका लागि कहाँ लगेका छन् भन्ने खुल्न नसकेको जानकरी दिएको छ ।

मृतक र घाइते सबै शारदा नगरपालिका वडा नं. ६ का हुन । उनीहरु सबै नगरपालिकाको वडा नं. १ स्थित शिबजन माद्यामिक बिद्यालय सितलपाटीमा अध्यनर बिद्यार्थी हुन ।

शुक्रबार बिहान दश बजेतिर उनीहरु बिद्यालय तर्फ जाँदै गर्दा थारमारेबाट खलंगा तर्फ आउँदै गरेको लु २ च ५७०१ नम्बरका डबल क्यापे जीपले शारदा नगरपालिका २ स्थित राप्ती राजमार्गको बाङ्गे सल्ला नजिकै ठक्कर दिएको थियो ।

बिद्यालय जाँदा सडक छेउको छहारीमा बसेका उनीहरुलाई तीब्र गतिको जीपले किचेको थियो । चालक र जीपलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैबीच आक्रोसित स्थानीयले दिउँसो दूई बजेपछि राप्ती राजमार्ग बन्द गराएका छन् । जसले गर्दा सल्यान हुँदै दाङ आउने यातायातका साधन बीचमै रोकिएका छन् । अवरुद्ध सडक खण्ड खुलाउने बारे प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस