• एउटै दृष्टि, भिन्न कोण
  • Search

नेपाल टेलिकमले ल्यायो दशैं तिहार अफर, दूई सय ९४ रुपैयाँमै २० जीबी डेटा

काठमाडौ २०७८ असोज १९ गते मङ्गलवार

नेपाल टेलिकमले दशैं तथा तिहारलाई लक्षित गर्दै डेटा, भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको अफर सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत दुई सय ९४ रुपैयाँमा १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डेटा उपलब्ध हुनेछ ।

त्यस्तै तीन दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डेटा ९८ रुपैयाँमा उपलब्ध हुनेछ । एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने एक एमबीपीएस गतिको अनलिमिटेड प्याक ६९ मा उपलब्ध हुने कम्पनीले जनाएको छ । यो अफर मंगलबार (असोज १९) गते देखि कार्तिक २ गतेसम्म उपलब्ध हुनेछ । यसैगरी महत्वपूर्ण पर्वहरू तिहार, न्हुँदया र छठका अवसरमा यी अफर कात्तिक १६ गतेदेखि कात्तिक २४ गतेसम्म पुनः उपलब्ध हुने जनाइएको छ।

भ्वाइस सेवा अन्तर्गत कम्पनीले २५ रुपैयाँमा ४५ मिनेट कुरा गर्न सकिने भएको छ । जुन एक दिन (२४ घण्टा) सम्म प्रयोग गर्न सकिने छ । त्यस्तै ४० रुपैयाँमा तीन दिन प्रयोग गर्न सकिने ८० मिनेटको प्याक र पाँच सय रुपैयाँमा ३५ दिनसम्म प्रयोग गर्न सकिने एक हजार ३ सय मिनेटको प्याक उपलब्ध गराउने भएको छ ।

यसैगरी यो अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रुपमा डाटा प्याक उपलब्ध गराइने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार दुई सय देखि चार सय ९९ रुपैयाँसम्म रिचार्ज गर्दा दुई दिनभित्र प्रयोग गर्न सकिने पाँच सय एमबी र पाँच सय रुपैयाँभन्दा बढीको रिचार्ज गर्दा चार दिनभित्र प्रयोग गर्न सकिने १ जीबी २४ एमबी डेटा प्याक उपलब्ध हुनेछ ।

यसका लागि प्रयोगकर्ताले *१४१५# डायल गर्नुपर्ने हुन्छ । भने, ‘नेपाल टेलिकम’ एपबाट पनि सेवा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस